भारतमा ट्रकसँग बस ठोक्किँदा कयौँको मृत्यु

Newslaya Home

भारतमा ट्रकसँग बस ठोक्किँदा कयौँको मृत्यु

शनिबार २६, पुष २०७६

एजेन्सी । भारतको उत्तर प्रदेश कानपुरको कन्नौजमा ट्रकसँग बस ठोक्किएर भएको दुर्घटनामा कयौँको मृत्यु भएको छ ।

शुक्रबार राति कम्तिमा ५० जना यात्रु सवार रहेको बस ट्रकसँग ठोक्किएर पछि कयौँ यात्रीको निधन भएको आशंका गरिएको छ ।

दुर्घटनामा १० देखि १५ जनाले बाहिर हाम्फालेर ज्यान जोगाएका छन् भने घाइते १३ जनालाई अस्पताल पुर्याइएको छ ।
ट्रकसँग ठोक्किएलगत्तै बसमा दनदनी आगो सल्किएको जनाइएको छ ।

मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरिसकेका छन् ।