मिटरब्याजीलाई जोगाउन राजपाको दबाब

Newslaya Home

मिटरब्याजीलाई जोगाउन राजपाको दबाब

शनिबार २६, पुष २०७६

सर्लाही । मिटरब्याजमा ऋण ठगी गरेको आरोपमा पक्राउ परेका राजपाका नेतालाई छुटाउन राजनीतिक दबाब सुरु भएको छ ।

बुधबार पक्राउ पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्यसमेत रहेका रामबाबु राय यादवलाई छुटाउन पार्टीका जिल्ला नेताहरूले प्रशासन र प्रहरीलाई दबाब दिन थालिएको हो ।

कुनै उजुरीविना नै पक्राउ गर्नु गलत भएको भन्दै राजपा सर्लाही संयोजक सुशील यादवको नेतृत्वमा डेढ सयको संख्यामा रहेको समूहले बिहीबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर आफ्ना नेतालाई छाड्न चेतावनी दिँदै ज्ञापनपत्रसमेत बझाएको जनाइएको छ ।

सिडिओलाई ज्ञापनपत्र बुझाउनुअघि मलंगवा बजारमा प्रदर्शनसमेत गरेका नारा–जुलुससमा दिन जिल्ला संयोजक सुशील यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशल यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादव लगाएत उपस्थित थिए ।

प्रमाणका लागि कागजातसहित सर्लाही जिल्ला प्रहरी कार्यालय पुगेका २० भन्दा बढी पीडितलाई भने प्रक्रिया पुर्‍याएर भोलि आउनू भन्दै प्रहरीले फर्काइदिए पछि बुधबार गृह मन्त्रालयमै जाहेरी दर्ता गराएका सर्लाही बरहथवा–१ हजारियाका ६७ वर्षीय मिरुगन राय यादवको जाहेरी बिहीबार मात्रै दर्ता गरिएको थियो ।