३६ बर्षदेखि साङ्गलोमा बाधिएका खड्काको उद्धार

Newslaya Home

३६ बर्षदेखि साङ्गलोमा बाधिएका खड्काको उद्धार

शुक्रबार २५, पुष २०७६

इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले ३६ बर्षदेखि साङ्गलोमा बाधिएर राखेका एक जना ब्यक्तिको उद्धार गरेकी छन् ।

उपमेयर गौतमले इटहरी–२० का ५३ बर्षीय डिक बहादुर खडकाको उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी हुन् । उपमहानगरका स्वास्थ्यकर्मीको टोलीसहित उपमेयर चढ्ने गाढीमै राखेर उनलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो । धेरै बर्षअघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर बाँधेर राखिएको परिवारजनको भनाई छ ।

खडका मानसिक बिरामी रहेका कारण बाँधेर राख्नुपरेको परिवारजनले बताएका छन् । खड्का २०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको परिवारजनले बताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए ।

आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाई छ । उपचारका लागि खड्कासँगै धरान गएका उनका भाईले स्थानीय सरकार भगवान जस्तै बनेर आएको प्रतिक्रिया दिए । खड्काको निःशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फबाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले खड्काको स्वास्थ्य परीक्षण सुरु गरेका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • bimala timainaलेख्नुहुन्छ
  • |
  • शुक्रबार २५, पुष २०७६
Dherai ramro