जनकपुरमा टिपरको ठक्करबाट युवकको हत्या गरी फरार रहेका चालक पक्राउ

Newslaya Home

जनकपुरमा टिपरको ठक्करबाट युवकको हत्या गरी फरार रहेका चालक पक्राउ

शुक्रबार २५, पुष २०७६

जनकपुर । धनुषाको मिथिला नगरपालिका–५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश भनिने दिलीपकुमार महतोको ज्यान जानेगरी ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना ७ ख ६४१३ नम्बरको टिपर चालक मुनिन्द्र महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबर पश्चिमबाट पक्राउ गरेको हो ।

अवैध खोला उत्खननको विरोध गर्ने क्रममा दिलिपकुमार महतोको शुक्रबार बिहानै औरही खोलामा टिपरले किचेर मृत्यु भएको थियो । घटनालगत्तै टिपरका चालक फरार भएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अवैध खोला उत्खननको विरोध गर्ने युवकको हत्या, सडकमा टायर बाल्दै स्थानीय