चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक (टिजरसहित)

Newslaya Home

चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक (टिजरसहित)

शुक्रबार २५, पुष २०७६

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक टिजर एक्सन र सस्पेन्सले भरिएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, सरिता गिरी लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । चलचित्रको कथा पैसाकै वरिपरि घुमेको टिजरबाट प्रष्ट हुन्छ ।

यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । चलचित्रले चर्चा कमाए पनि बक्स अफिसमा आशा गरिएअनुरुप व्यापार गर्न सकेको थिएन ।

‘लप्पन छप्पन’मा शीर्ष भूमिका निभाएका वर्षा शिवाकोटी र दयाहाङ राई यस चलचित्रमा छैनन् । यसैको सिक्वेलका रुपमा तयार भएको ‘लप्पन छप्पन २’लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

यस्तै चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । यो चलचित्रलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुवँर, निर्मल कुमार मिश्र, सुदीप चन्द्र बक्रेल र सन्तोष चन्द्र बख्रेलले निर्माण गरेका हुन् ।