कसले जित्ला राष्ट्रियसभाको निर्वाचन ? (विवरण सहित)

Newslaya Home

कसले जित्ला राष्ट्रियसभाको निर्वाचन ? (विवरण सहित)

शुक्रबार २५, पुष २०७६

काठमाडौं । आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचन हरेक प्रदेशका लागि सम्बन्धित प्रदेश सदरमुकाममै मतदान सम्पन्न हुने भएको छ ।

१८ सिटका लागि निर्वाचन आयोगमा ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । सो मतदानमा प्रत्येक प्रदेश सांसदको मतभार ४८ र स्थानिय तहका प्रमुख ÷ उपप्रमुखको मतभार १८ रहेको छ ।

राष्ट्रियसभाको उक्त निर्वाचनमा मतको संख्या, सहभागी दलको मत स्थिति निम्नानुसार रहेको छ ।

प्रदेश –  १

कुल मत : ३६७
जित्न आवश्यक मत : १८४
नेकपा : २३० ( प्रदेश ६७, स्थानिय तह १६३)
नेपाली काँग्रेस : १२६ (प्रदेश २१, स्थानिय तह १०५)
अन्य : ११
उम्मेदार : गोपी अछामी , देवेन्द्र दाहाल, इन्दु गौतम (नेकपा), निरबहादुर विश्वकर्मा , मीना पुलामी मगर र राजेन्द्र घिमिरे (काँग्रेस )

प्रदेश -२

कुल मत : ३७९
जित्न आवश्यक मत : १९०
नेकपा : १०० ( प्रदेश ३२, स्थानिय तह ८३)
काँग्रेस : १०० ( प्रदेश १९, स्थानिय तह ८१
राजपा : ६९ (प्रदेश २५ स्थानिय तह ४४)
समाजवादी : ८२ (प्रदेश ३०, स्थानिय तह ५२)
अन्य : १३
उम्मेदार : तुलसा दाहल , राधेश्याम पासवान (नेकपा) , नगिना यादव र भोला पञ्जियार (काँग्रेस), रामपृत पासवान र अनिरुद्ध सिंह (समाजवादी) , मृगेन्द्रसिंह यादव र शेखर सिंह (राजपा)

प्रदेश- ३

कुल मत : ३४८
जित्न आवश्यक मत : १७५
नेकपा : २४६ ( प्रदेश ८०, स्थानिय तह १६६)
काँग्रेस : ९५ ( प्रदेश २८, स्थानिय तह ६७)
अन्य : ७
उम्मेदार : बेदुरामा भुसाल, गंगा बेल्बासे (नेकपा) , हरिशरण श्रेष्ठ र छलीकुमारी उपाध्याय (काँग्रेस)

गण्डकी प्रदेश

कुल मत : २३०
जित्न आवश्यक मत : ११६
नेकपाः  १२३ (प्रदेश ४०, स्थानिय तह ८३)
काँग्रेसः ९७ (प्रदेश १५, स्थानिय तह ८२)
अन्य : १०
उम्मेदार : नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने (नेकपा), सुर्य प्रसाद रेग्मी , विमला गौचन (काँग्रेस)

प्रदेश -५
कुल मतः३०५
जित्न आवश्यक मत : १५३
नेकपा : १९१ (प्रदेश ८७, स्थानिय तह १०४)
काँग्रेस : ८७ (प्रदेश १९, स्थानिय तह ६८)
अन्यः २७
उम्मेदार : विमल घिमिरे, जगतप्रसाद शर्मा (अपार), गोपाल भट्टराई (नेपपा) , गिरिजादेवि न्यौपाने, बालकृयण पाण्डे र मेराज अहमद हलवाई (काँग्रेस) ।