तनुश्रीले नाना पाटेकरमाथि लगाइन् यस्तो आरोप

Newslaya Home

तनुश्रीले नाना पाटेकरमाथि लगाइन् यस्तो आरोप

शुक्रबार २५, पुष २०७६

मुम्बई । बलिउडमा मीटु अभियानको सुरुवात गर्ने नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरलाई बलात्कार आरोपी बाबा आशारामसँग तुलना गरेकी छिन् ।नायिका दत्ताले भनेकी छिन्, ‘दुवै (नाना र आशाराम) सेतो कुर्ता पहिरिन्छन् । तर मन कालो छ।’

तनुश्रीले नाना पाटेकरका साथै बलिउडका राकेश सारंग, समी सिद्धिकी र गणेश आचार्यमाथि मीटुको आरोप लगाएकी छिन् । उनले ती व्यक्तिसँग काम गर्नेहरूको पनि धज्जी उडाएकी छिन् ।

तनुश्रीको भनाइ छ, ‘यदि तपाईंसँग पैसा छ भने तपाईंलाई न्याय र सम्मान दुवै प्राप्त हुनेछ ।’ उनले नानालाई ढोंगीसमेत भनेकी छिन्, ‘नानाले फाउन्डेसन खोलेर रकम जम्मा गरेका छन् । किसानहरूको उद्धार भनेका छन् । तर कति वास्तविक किसानले यसबाट लाभ पाए, थाहा छैन । आफ्नो सानो घर बनाएर उनी आफू गरिब भएको नाटक गरेका छन् ।’