नाताभित्र विवाह गर्दा रोगी बच्चा जन्मिएपछि.....

Newslaya Home

नाताभित्र विवाह गर्दा रोगी बच्चा जन्मिएपछि.....

बिहीबार २४, पुष २०७६

इन्डोनेशियाको तीन गाउँमा धेरै मानिसहरु एक अचम्मको रोगबाट पिडित भएका छन् । डाउन सिन्ड्रोमका कारण त्यहाँका मानिसहरु बिरामी भएका छन् । नातेदारमा विवाह गर्दा यस्ता रोगी बच्चा जन्मिने हुन्छ । यस्तो रोगका बिरामीलाई पशुलाई जस्तै जन्जिरले बाँधेर राखिने गरिएको पाइन्छ ।

तीन गाउँका चार सय मानिसमा यो रोग लागेको छ । यहाँ यो रोगबाट १० वर्ष देखि ५० वर्षसम्मका मानिसहरु पिडित छन् । यस्तो समस्या आउनुको कारण नातेदार बीच विवाह भएर बच्चा जन्मनु नै हो । अन्य कारणमा कुपोषण र आयोडिन कमी भएको बताइएको छ ।

सरकारले १९७० मा यस्तो नातेदारमा गरिने विवाहमा रोक लगाएपनि क्रम भने रोकिएको छैन । यहाँ अन्धविश्वासको कारण धेरै सिड्रोमबाट पिडित व्यक्तिलाई अस्पताल लैजानुको साटो जञ्जीरमा बाँधेर राखिने गरिन्छ ।