चर्चित उपन्यास बसाईँ, नाटकको माध्यमबाट प्रदर्शन गरिने

Newslaya Home

चर्चित उपन्यास बसाईँ, नाटकको माध्यमबाट प्रदर्शन गरिने

बिहीबार २४, पुष २०७६

इटहरी । चर्चित उपन्यास बसाईँ, नाटकको माध्यमबाट प्रदर्शन गरिने भएको छ । चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीले लेखेको उपन्यास कालजयी छ । सोही उपन्यासलाई नाटकमा रुपान्तरण गरेर धरानमा प्रदर्शन गर्न लागिएको हो ।

नाटकका निर्देशक मिलन चाम्लिङका अनुसार यहि माघ ९ गतेबाट १३ गतेसम्म धरानको सदन स्कुलको हलमा उक्त नाटक प्रदर्शन गरिनेछ । नाटक हरेक दिन दिउँसो साढे ४ बजेदेखि प्रदर्शन हुनेछ भने २ सय र ३ सय रुपैँयाका दरमा टिकट तोकिएको छ ।

रंगभूमी एकेडेमीले प्रस्तुत गर्न लागेको नाटक कवि बिनय सरगमले रुपान्तरण गरेका हुन् । केही समययता कवि सरगमले उक्त उपन्यासलाई नाटकमा रुपान्तरण गर्न व्यस्त थिए ।

नाटकमा शंकर थापा, तुलसा थापा, गोमा पौडेल, मिलन भुजेल, सन्देश दाहाल, बलबहादुर राई, एनुमा राई, मिलन चाम्लिङले अभिनय गर्नेछन् भने नाटकको संगीत संयोजन बिनायक राईले भरेका छन् ।