चिसो मौसममा कोठालाई यसरी न्यानो राख्नुहोस्

Newslaya Home

चिसो मौसममा कोठालाई यसरी न्यानो राख्नुहोस्

बिहीबार २४, पुष २०७६

पछिल्लो समय मुलुकभर अत्यधिक चिसो बढेको छ । यस्तो समयमा धेरैलाई चिसो सम्बन्धी समस्याले सताइरहेको हुनसक्छ । चिसोबाट बच्नका लागि आफ्नो घर, कोठालाई न्यानो पार्न केही उपाय अपनाउनुपर्छ ।

– भान्छामा खाना पकाउँदा ताप उत्पन्न हुन्छ । जसले घरलाई न्यानो बनाउन सक्छ । त्यसैले यदि छ भने घरभित्रतिर खुल्ने भान्छाको झ्याल खोलिदिनुपर्छ ।

– जाडो याममा धेरैले घरमा आगो बाल्ने गर्छन् । आगो नहुँदा कतिपयले हिटर प्रयोग गर्छन् । आगो, हिटर लगाएतले घर ९कोठा० न्यानो बनाउन मद्दत गर्छ ।

– चिसो भुँईले खुट्टा चिस्याउने गर्छ । जसले गर्दा खुट्टा दुख्ने समस्या देखा पर्न सक्छ । चिसो भुईमा बाक्लो कार्पेट बिछ्याँउदा चिसोबाट बच्न सकिन्छ ।

– कोठाका झ्यालहरुमा सुतीका पातलो पर्दाको साटो काक्लो पर्दा लगाउनुपर्छ । बाक्लो पर्दाले चिसो हावालाई भित्र छिर्न दिदैन ।