कपालमा चाया पर्यो ? यसरी हटाउनुहोस्

Newslaya Home

कपालमा चाया पर्यो ? यसरी हटाउनुहोस्

बुधबार २३, पुष २०७६

प्रायः जाडो मौसममा कपालमा धेरै चाया पर्ने गर्छ । जसले गर्दा मानिसको लुक्समै असर परिरहेको हुन्छ । आफू जति नै स्मार्ट देखिएर हिडेपनि कपालमा चाया देखियो भने इमेज खराब हुन्छ । त्यसैले कपालमा चाया पर्दा धेरैलाई चिन्ता हुन्छ ।

कपाल सुख्खा भयो या तालु चिलायो भने पनि कतिले कपालमा तेल लगाउने गर्छन् । तर चाया भएको कपालमा तेल लगाउनु हुदैन । चाया भएको कपालमा तेल लगाउदा झन कपाल झर्ने समस्या हुन्छ । कपालको चमक पनि कम हुन्छ ।

आउनुहोस् जानौं चाया हटाउने केहि उपायहरुः
- टाउकोमा चाया परेको छ भने नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेटपछि राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चाया हटाउँछ र कपालमा चमक पनि ल्याउँछ ।

- नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । तालुमा एलोभेराको जेल लगाएर २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

- अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउँदा पनि तपाइको कपालको चाया हराउँछ ।

- नरिवलको तेल र कपुर मिलाएर राख्नुहोस् र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुहोस् । यसो गर्नाले पनि चाया हराउँछ र कपालमा चमक आउँछ ।