जाडोमा अमला खानुका फाइदा

Newslaya Home

जाडोमा अमला खानुका फाइदा

बुधबार २३, पुष २०७६

अमलामा भिटामिन सी, आइरन र क्याल्सियम भरपुर पाइन्छन् । जाडो याममा सख्खरसँग अमला खाँदा शरीरले उर्जा प्राप्त गर्छ ।

– छाला सफा र सुन्दर बनाउनका लागि अमला प्रभावकारी मानिन्छ । यसमा पाइने भिटामिन सीले अनुहारको छाला कसिलो बनाउँछ । छाला चाउरिन दिदैन । अनुहार चम्किलो बनाउँछ ।

– मुटु रोगीका लागि पनि अमला लाभकारी छ । मुटुसम्बन्धी समस्या भएकाले जाडोमा अमला खानु राम्रो हुन्छ ।

– अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसोमा हुने रुघाखोकी लगाएत समस्याबाट राहत दिलाउँछ ।