एनसेलले गर्यो बाँकी कर चार महिनामा तिर्ने प्रस्ताव

Newslaya Home

एनसेलले गर्यो बाँकी कर चार महिनामा तिर्ने प्रस्ताव

मङ्गलबार २२, पुष २०७६

बिबिसि । लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले चार महिनामा किस्तामा कर तिर्न ठूला करदाता कार्यालयमा निवेदन बुझाएको अधिकारीहरूले बताएका छन् ।

सो निजी क्षेत्रको दूरसञ्चार कम्पनीले तिर्न बाँकी रकम प्रत्येक महिनाको मसान्तमा बुझाउने निवेदनमा उल्लेख गरेको बताइएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बीबीसीलाई भने, ‘उहाँहरूले चार किस्तामा सबै रकम भुक्तानी गर्छौँ भनेर प्रतिबद्धतासहित निवेदन मङ्गलवार पेस गर्नुभएको छ। यसबारेमा निर्णय गर्न भने बाँकी नै छ ।’

केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने बताइएको छ ।