नेपालको उद्योगलाई दुःख दिन भारतले फेरी मीरगञ्ज पुल बन्द गर्दै, उद्योगलाई संकटै संकट

Newslaya Home

नेपालको उद्योगलाई दुःख दिन भारतले फेरी मीरगञ्ज पुल बन्द गर्दै, उद्योगलाई संकटै संकट

मङ्गलबार २२, पुष २०७६

विराटनगर । मीरगञ्ज पुल फेरी बन्द हुने भएको छ । मर्मतका नाममा आवागमन बन्द गरिने भएको हो ।

शनिबार भारतको फारबीसगञ्जमा बसेको नेपाली प्रतिनिधिहरू समेतको बैठकबाट पुस २४ गतेदेखि माघ ६ गतेसम्म पुल बन्द गर्ने निर्णय गरिएको हो ।भारतबाट नेपालमा कच्चा पदार्थ ल्याउन प्रयोग गरिएको बाटोमा पर्ने यो पुल बन्द हुँदा मालवाहक सवारी आवागमन ठप्प हुने गर्छ ।

बन्द अवधिमा दुईचक्के र तीनचक्के सवारी साधनबाहेक अरू गाडीहरूलाई १२ दिनसम्म पुलबाट आवागमन गर्न रोक लगाइने भएको हो । भारतीय पक्षले पुल मर्मतको काम एकै पटक नगरी मर्मतका नाममा पटक पटक नेपाल भित्रिने सामानमा अवरोध सृजना गर्ने गरेको छ ।

राष्ट्रिय राजमार्गको आवगमन २४ घण्टाभन्दा बढी बन्द गर्नु पर्यो भने बैकल्पिक उपाय दिएर मात्र गर्नुपर्ने भारतीय कानूनमा व्यवस्था छ । सो व्यवस्थाविपरीत विकल्प नै नदिइ नेपाललाई मार्का पार्ने उद्देश्यले पुल बन्द गर्न लागिएको बताइएको छ ।

मीरगञ्ज पुल बन्द भएपछि विराटनगर नाका भएर गरिने पैठारी, निकासीको सम्पूर्ण कारोबार बन्द हुने छ । माल निकासी, पैठारी बन्द भएपछि यस क्षेत्रका सम्पूर्ण उद्योगहरू बन्द हुनुका साथै सम्पूर्ण आर्थिक कारोबार नै ठप्प हुने भएकाले यहाँका उद्योगी व्यवसायीहरूले पटक पटक नेपाल र भारत सरकारको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । तर तीन वर्षदेखि यो आग्रहको सुनवाई भैरहेको छैन ।

भारतले यस बीचमा भान्टाबारी नाका भएर मालबाहक गाडी नेपाल भित्र्याउनका लागि बन्दरगाहबाट कस्टम डिक्लेरेशन गरेको कागज भएकालाई मात्र दिने भएको छ । अन्य सामग्री बोकेका गाडीको हकमा कुनै कानुनी व्यवस्था नभएकाले भारतले सो नाका प्रयोग गर्न नदिने भएको छ ।