‘कृष्णदासको दोष यसरी हुन्छ प्रमाणित’

Newslaya Home

‘कृष्णदासको दोष यसरी हुन्छ प्रमाणित’

आइतबार १३, पुष २०७६

बलात्कार मुद्धामा कृष्णदास गिरी नै दोषी हो भन्ने दरिलो आधार अडियो रेकर्ड हो ।

कृष्णदास र बलात्कृत भएको आरोप लगाउने महिलाबिच कु्रा भएको र सो कुराकानीका क्रममा कृष्णदासले रुँदै माफि मागेको कुरा प्रमाणित नै भइसकेको छ ।

बोल्ने व्यक्ति कृष्णदास नै हुन् भन्ने कुरा आइडेन्टी फिकेसन चेकमा ९९ प्रतिशत पक्का भइसकेको र प्रयोगशालामा गरिएको भ्वाइस टेस्ट पनि ७७ प्रतिशतसम्म मिलेको आधारमा कृष्णदास निर्दोष छन् भन्ने अवस्था छैन ।

कृष्णदास र महिलाबिच कुराकानी हुँदा महिलाले भोला बरालको मोबाइलबाट कुरा गरेकी थिइन् । बरालसहितको समुह पोखरा पुगेर महिलालाई फकाउने प्रयास गर्यो । मुद्धा फिर्ता लिन दबाब दिए पनि महिलाले मानिन् । त्यसपछि बरालले आफ्नै मोबाइलमा महिलालाई कुरा गराए । कुराकानीमा कृष्णदासले आफूबाट गल्ती भएको स्वीकार्दै माफि मागेका छन् । सो कुराकानी पीडितका श्रीमानले रेकर्ड गरेका हुन् ।

आफूले महिलालाई गएर भेटेको र कुरा गराएको बराललेसमेत स्वीकारीसकेको र कुरा भएको भनेर कृष्णदासले पनि स्वीकारेका छन् । मिसिल संलग्न घटना विवरण कागजमा उल्लेख छ । उनले माफी भने नमागेको बताएपनि त्यही अडियो रेकर्ड भएको र रेकर्ड प्रमाणित भइसकेकोले कृष्णदास दोषी हुन् ।

यसर्थ नेपालको कानुनअनुसार उनलाई ७ देखि १० वर्षको कैद सजाय हुनुपर्छ ।

(पीडित महिलाका अधिवक्ता निराजन ओझासँगको कुराकानीमा आधारित)

कृष्णदास प्रकरण : के भयो आइतबारको बहसमा ?

कृष्णदासका अनुयायीको दावी : धरौटीमा छुट्दैछन्