हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित

Newslaya Home

हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित

सोमबार ३०, मङि्सर २०७६

सोलुखुम्बु । हिमपातका कारण सोलुखुम्बुको माथिल्लो भेग खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको छ । केहिदिन देखिको निरन्तरको हिमपातले खुम्बु क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हो ।

चिसोका कारण पिउने पानी धारामै जमेको छ । हिमपातका कारण, खुम्बुको माथिल्लो क्षेत्र खुम्बुजुङ, थामे, नाम्चे, फाक्दिङ, गुमेला, जोरसल्ले लगायतको क्षेत्र प्रभावित बनेको छ । यस पटक करिब १० बर्ष पछिको सबै भन्दा ठुलो हिमपात भएको स्थानियले बताएका छन् । हिमपातका कारण पैदलमार्गहरु बन्द हुदाँ पर्यटक तथा बटुवाहरु समेत अलपत्र परेका छन् ।

हिमपातसँगै नाम्चेको तापक्रम माईनस १० डिग्रि सेलसियससम्म पुगेको छ । चिसोले वृद्धवृद्धा, बालबालिका र विरामीलाई बढि प्रभावित पारेको छ । बाक्लो हिउँका कारण पशुचौपायहरु समेत प्रभावित बनेका छन् ।