जुम्लामा जडीबुटी संकलन गर्न गएका एक जनाको मृत्यु, १२ जना बेपत्ता

Newslaya Home

जुम्लामा जडीबुटी संकलन गर्न गएका एक जनाको मृत्यु, १२ जना बेपत्ता

सोमबार ३०, मङि्सर २०७६

काठमाडौं । जुम्लामा जडीबुटी संकलन गर्न गएका १२ जना बेपत्ता भएका छन् । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका हुन् । जडीबुटी संकलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको जनाइएको छ ।

बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केको कार्यालयले जनाएको छ ।

स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन्।