मकल बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु

Newslaya Home

मकल बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु

सोमबार ३०, मङि्सर २०७६

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ । कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका उनीहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिका–८ पाँगा बसपार्क नजिकै सुन्दरबस्तीमा ३२ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रोमशको मृत्यु भएको प्रहरीले बताएको छ ।

भेन्टिलेटर नभएको कोठामा अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि थप अनुसन्धान भइरहेको उनले बताए ।

सँगै सुतेका श्रीमान् नवराज भने सकुशल छन् । बिहान श्रीमतीलाई उठाँउदा नउठेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।