भारतको नयाँ नागरिकता कानुनले नेपालमा शरणार्थी आउन सक्ने खतरा

Newslaya Home

भारतको नयाँ नागरिकता कानुनले नेपालमा शरणार्थी आउन सक्ने खतरा

सोमबार ३०, मङि्सर २०७६

बिबिसि । भारतले हालै जारी गरेको विवादास्पद नयाँ नागरिकता कानुनका कारण पूर्वोत्तर भारतमा नागरिकताविहीन हुन सक्ने केही मानिसहरू नेपालभित्र प्रवेश गर्न सक्ने भन्दै विज्ञहरूले सरकार समयमै चनाखो हुनुपर्ने बताएका छन् ।

विशेषगरी नेपालका पूर्वी नाकाहरूमा सरकारले तत्कालै निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।

नेपाली सरकारी अधिकारीहरूले उक्त विषयबारे नयाँ निर्णय नगरिएको भए पनि नाकाहरूमा थप कडाइ गरिएको बताएका छन् ।

भारतले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट अवैध रूपमा आएका गैरमुस्लिम आप्रवासीहरूलाई माफी दिने उक्त विवादास्पद कानुन पारित गरेपछि भारतमै त्यसको विरोध भइरहेको छ ।

केही दिनदेखि पूर्वोत्तर भारतका राज्यहरूमा प्रदर्शनहरू भइरहेका छन् भने सरकारले पनि सुरक्षामा कडाइ गरेको छ ।