रोनाल्डोको गोलमा युभेन्टस विजयी

Newslaya Home

रोनाल्डोको गोलमा युभेन्टस विजयी

सोमबार ३०, मङि्सर २०७६

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसेलाई ३–१ गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

खेलको ९औँ मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

त्यसपछि ४५ औं मिनेटमा बुनुचीको गोलमा युभेन्टसले अन्तर ३–० मा पुर्‍यायो । पहिलो हाफमा नै तीन गोलले पछि परेको उडिनेसेले दोस्रो हाफमा एक गोल फर्कायो । उसका लागि खेलको इञ्जुरी समयमा पुसेतोले गोल गरे ।

यो जितसँगै युभेन्टसले १६ खेलमा ३९ अंक बनाएको छ ।