जनकपुरमा शंकास्पद वस्तु फेला, स्थानिय त्रसित

Newslaya Home

जनकपुरमा शंकास्पद वस्तु फेला, स्थानिय त्रसित

सोमबार ३०, मङि्सर २०७६

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित संकट मोचन मन्दिर नजिकै शंकास्पद बस्तु फेला परेको छ ।

सडककै छेउमा राइस कुकर राखिएको छ । उक्त कुकर बम रहेको आशंकामा आइतबार रातिदेखि नै प्रहरी र नेपाली सेनाको टोली घेरा हालेर बसेका छन् । कुकर राखिएको ठाउँको चारैतिर घर छ । रातका समयमा मान्छे घरमा रहेकाले अहिलेसम्म सेनाले डिस्पोज गरेको छैन । मान्छेहरु घरबाट निस्किएपछि बम हो कि होइन भनेर सेनाले यकिन गर्ने र बम भए डिस्पोज गर्ने धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

शंकास्पद बस्तुले स्थानीय त्रसित बनेका छन् ।