एक–आपस सहकारीको १५औँ बार्षिक साधारण सभामा सम्पन्न

Newslaya Home

एक–आपस सहकारीको १५औँ बार्षिक साधारण सभामा सम्पन्न

शनिबार २८, मङि्सर २०७६

इटहरी । सुनसरीको इटहरी–६ स्थित एक–आपस सहकारी सस्थाको १५औँ बार्षिक साधारण सभामा सम्पन्न भएको छ । सभामा आर्थिक बर्ष २०७५/७६को आयब्यय सार्वजनिक गरिएको छ ।

शनिबार भएको साधारण सभामा ५९ लाख ७८ हजार ८सय ४४ रुपैँया ७५ पैसा बराबरको आय एवं ३७ लाख ४२ हजार ८सय ८६ रुपैँया ५० पैसा बराबरको ब्यय रहेको जानकारी गराइएको छ ।

यस्तै सभामा नियमित रुपमा अनिवार्य मासिक बचत गर्ने श्यामकुमार श्रेष्ठ, ऐच्छिक बचतमा ठुलो रकम लामो समयसम्म बचत गरिरहने कमला दुलाल अनि ऋण कारोबारमा सावाँ किस्ता एवं ब्याज नियमित बुझाउने शेयर सदस्य गिता कार्कीलाई सहकारीले सम्मान गरेको छ ।

यसैगरी शेयर सदस्यमा आश्रित परिवारका सदस्यहरु मध्य ८० बर्ष उमेर पुरा भएका चार जना जेष्ठ नागरीकहरुलाई पनि सहकारीले सम्मान गरेको छ ।

यस्तै परिक्षामा राम्रो अंक ल्याएका १० जना शेयर सदस्यका छोराछोरीहरुलाई पनि सम्मानित गरिएको छ ।