सप्तरीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

Newslaya Home

सप्तरीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

शनिबार २८, मङि्सर २०७६

राजविराज । सप्तरीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जंगलमा खर काटन गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिकै जंगलमा खर काट्न गएकी सदालाई बँदेलले अचानक आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । घाँटीमा गहिरो चोट लागेर घाइते सदाको उपचारका क्रममा कञ्चनरुप ठेलियास्थित धर्मेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सदाको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।