पथरीमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

Newslaya Home

पथरीमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

शनिबार २८, मङि्सर २०७६

पथरी । मोरङको पथरीमा प्रहरीले पत्रकार गोपाल काफ्लेलाई दुर्व्यवहार गर्नुका साथै गोली हान्ने धम्की दिएको छ ।

शनिबार दिउँसो सुकुम्बासीद्वारा बन्धक बनाईएका चार जना ब्यत्तिहरुको बारेमा समाचार संकलन गर्ने क्रममा बिराटनगरबाट आएका प्रहरीले काफ्लेलाई दुर्व्यवहार गर्नुका साथै गोली हान्ने धम्की दिएका हुन् । उनले काफलेको मोबाईल खोसेर फुटाईदिएका छन् भने क्यामेरामा समेत क्षति भएको छ ।

काफले पुर्बेली न्यूजका पथरी संवाददाता समेत हुन् । उनलाई दुर्व्यवहार गर्ने प्रहरीको परिचय खुलेको छैन ।