पुष १२ गतेदेखि पोखरामा सडक महोत्सव हुने

Newslaya Home

पुष १२ गतेदेखि पोखरामा सडक महोत्सव हुने

शनिबार २८, मङि्सर २०७६

काठमाडौं । पोखरामा २१ औं पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको निम्तो दिन पोखराका पर्यटनकर्मी इटहरी आएका छन् ।

शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पोखराका पर्यटनकर्मीहरुले सडक महोत्सवसँगै घुमघाम गर्ने पोखराको लागि चुलो निम्तो दिएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान)ले कार्यक्रम तयार गरेको जनाएको छ । महोत्सव पुष १२ गतेदेखि १६ गतेसम्म चल्ने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

सडक महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, लोकदोहोरी, कन्सर्ट र रत्यौली गीत प्रतियोगिता हुनेछ ।

पोखराको सडक महोत्सव पश्चिमेलीको लागि मात्रै नभई समग्र नेपालकै गरिमा बढाउने महोत्सवका रुपमा बिकास हुर्दै गएको रेबान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण टोलीका संयोजक सूर्य बहादर भूजेलले सहभागी हुनका लागि पूर्वेली जनतालाई निम्ता गरे ।

रेबानले वर्षेनी एकै मितिमा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म निश्चित मितिमै गरिने यो एकमात्रै महोत्सव हो ।