रुपन्देहीमा महिलाको हत्या, एक जना पक्राउ

Newslaya Home

रुपन्देहीमा महिलाको हत्या, एक जना पक्राउ

शनिबार २८, मङि्सर २०७६

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका–१० कान्छीबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कान्छीबजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमलादेवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन् ।

गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घाँटीमा गम्भिर चोट लागेकोमा उनको उपचारको क्रममा तिलोत्तमास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटना थाहा पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले गुरुङलाई भाग्दै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।