कुटपिटबाट घाइते भएका राईको उपचारको क्रममा मृत्यु

Newslaya Home

कुटपिटबाट घाइते भएका राईको उपचारको क्रममा मृत्यु

शनिबार २८, मङि्सर २०७६

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउपालिका–३ दाम्कु स्थित कुटपिटबाट घाइते बनेका एक जनाको मृत्यु भएको छ ।

गत २५ गते स्थानीय कर्ण बहादुर कार्किको विवाह घरमा सोही गाउपालिका–३ घर भएका २७ वर्षीय डाकमान कार्कि समेत अन्य १०–१२ जनाको समुहले सामान्य वादविवादमा कुटपिट गरि घाइते बनाएका माप्यदुधकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय पबिधन राईको मृत्यु भएको हो ।

कुटपिटबाट घाईते भएका राईलाई उपचारको लागि के एम सि अस्पताल सिनामंगल काठमाण्डौ लगिएको थियो । सोही क्रममा शुक्रबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न डाकमान कार्किलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खाजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।