नेकपाको सचिवालय बैठक आज दिउँसो बस्दै

Newslaya Home

नेकपाको सचिवालय बैठक आज दिउँसो बस्दै

शनिबार २८, मङि्सर २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज (शनिबार) बस्ने भएको छ ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।