अज्ञात समूहद्वारा लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट

Newslaya Home

अज्ञात समूहद्वारा लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट

शनिबार २८, मङि्सर २०७६

सिरहा । अज्ञात समूहले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट गरेको छ । गएराति कार्यालयको माथिल्लो कोठामा बम विस्फोट गराइएको हो । विस्फोटबाट झंयाल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लनता भएको आशंकामा सिरहा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।