कावासोतीमा नेपाली सेनाको बस पल्टिँदा १७ सेना घाइते

Newslaya Home

कावासोतीमा नेपाली सेनाको बस पल्टिँदा १७ सेना घाइते

शनिबार २८, मङि्सर २०७६

कावासोती । पूर्वी नवलपरासीको कावासोती–३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजे अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकोमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बसमा ४० जना सवार थिए ।