धनुषामा शक्तिशाली बम बिस्फोट हुँदा प्रहरीसहित तीन जनाको मृत्यु

Newslaya Home

धनुषामा शक्तिशाली बम बिस्फोट हुँदा प्रहरीसहित तीन जनाको मृत्यु

शनिबार २८, मङि्सर २०७६

जनकपुरधाम । धनुषामा बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब पौने १२ बजेको समयमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा बम बिस्फोट भएको हो ।

बिस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, औषधि व्यवसायी ४८ वर्षे राजेश साह र उनका १६ वर्षे छोरा आनन्द साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहका अर्को छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

राजेश साह र उनका छोराको मृत्यु उपचारको क्रममा जनकपुरमा भएको हो । प्रहरी निरीक्षकलाई उपचारका लागि धरान लगिएकोमा उनको त्यहिँ मृत्यु भएको कार्कीले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।