सोलुखुम्बुमा हिमपात र चिसोले स्थानियको जनजीवन प्रभावित

Newslaya Home

सोलुखुम्बुमा हिमपात र चिसोले स्थानियको जनजीवन प्रभावित

शुक्रबार २७, मङि्सर २०७६

सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर सिमसिम पानी परेपछि त्यहाँका स्थानियको जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार बिहानदेखि पानी तथा हिउँ पर्दा स्थानीयको जनजीवन कस्टकर बन्दै गएको हो । पशु–चौपायाहरुसमेत प्रभावित भएका हुन् ।

खुम्बु क्षेत्रमा करिब एक फिट हाराहारीमा हिमपात भएको छ । हिउँ पर्नेक्रम जारी रहेकाले शनिबार बिहानसम्म दुई फिटसम्म हिउँ जम्नसक्ने खुम्बुमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारी मिश्रकाजी तामाङले बताए ।

सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले चिसो बढेसँगै जनजीवन कस्टकर बनेको स्थानीयले बताएका छन् । सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीका पिके डाँडा, टाक्सिन्दु, जुभिङलगायतका क्षेत्रमा हिमपात भइरहेको छ ।