काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा ताला लगाईयो

Newslaya Home

काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा ताला लगाईयो

शुक्रबार २७, मङि्सर २०७६

काठमाडौं । सिनामंगल स्थित प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइएको छ ।

शुक्रबार पत्रकारहरुले काउन्सिलले पत्रपत्रिका वर्गीकरणमा विभेद गरेको भन्दै कार्यलयमा पुगेर कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा ताला लगाएका हुन् ।

आइतबार सम्म समस्या समाधानमा पहल नगरिए थप कडा सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने गरि दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको हो ।

संघर्ष समितिको आह्वानमा एक घन्टाको धर्ना तथा कोण सभा गरेका उनीहरुले काउन्सिलको शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गरेका छन् ।
काउन्सिलका पदाधिकारीहरुले कसैलाई काखा र कसैलाई पखा गर्ने नीति हटाएर आफुहरुले गरेको गल्ति नसुधारेसम्म तालाबन्दी जारी रहने चेतावनी दिनुका साथै लगाइएको ताल्चाको साँचो भने सञ्चार सचिवलाई बुझाइएको पाण्डेले जानकारी दिए ।