मोबाइलको प्रलोभनमा बलात्कार गरेको आरोप

Newslaya Home

मोबाइलको प्रलोभनमा बलात्कार गरेको आरोप

शुक्रबार २७, मङि्सर २०७६

काठमाडौं । कपिलस्तुको मायादेवी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका २२ वर्षीय अजहर तेली मुसलमानलाई मोबाइलको प्रलोभनमा देखाएर बलात्कार गरेको आरोप लागेको छ ।

गत मंसिर १८ गते रातको समयमा खेतमा रहेको खुर्सानी टिप्न जाँदा अजहरले १६ वर्षीया किशोरीलाई करणी गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन् ।

गाउँकै छिमेकी दाइले घटनाको १० दिनअघि सिमसहितको मोबाइल फोन दिएर आफूलाई पटकपकट रातमा भेट्न बोलाउने गरेको पीडीत बालिकाले बताइन् ।

त्यस्तै घटनाको अर्को दिन आफूलाई धम्की दिएर मोटरसाइकलमा बसाएर ३ दिनसम्म अपरिचत स्थलमा लगेर फेरि बलात्कार गरेको बताए पनि प्रहरीद्धारा घटनाको जाहेरी लिन अस्विकार गरिएको बताइएको छ ।

घटना भएको ठाउँ लुम्बिनी भएकाले त्यतै जाहेरी दर्ता गर्न भनी आफूले पीडित परिवारलाई पठाएको प्रहरी उपरीक्षक दीपशमसेर जबराले बताए ।