अनियन्त्रित भई बस पल्टिदा, १३ जना घाइते

Newslaya Home

अनियन्त्रित भई बस पल्टिदा, १३ जना घाइते

शुक्रबार २७, मङि्सर २०७६

चितवन । चितवनको पूर्वी क्षेत्र राप्ती नगरपालिका–६ हर्दी स्थित बस पल्टिदा १३ जना घाइते भएका छन् ।

शुक्रबार बिहान वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो ।

२३ जना सवार रहेको बस सडकबाट खेतमा खसेर दुर्घटना हुँदा १३ जना घाइते भएको जनाइएको छ ।
अन्य यात्रु सकुशल रहेको छ भने घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।