राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको अध्यक्षमा दिनेश गजमेर

Newslaya Home

राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको अध्यक्षमा दिनेश गजमेर

बुधबार २५, मङि्सर २०७६

धरान । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला शाखाको प्रथम भेलाबाट दिनेश गजमेरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन् ।

नव गठित समितिको उपाध्यक्ष शान्ति गजमेर,(पहल साप्ताहिक) सचिवमा विनोद दर्नाल (कार्यक्रम संयोजक हार्ट एफ एम) सहसचिवमा बिमला विश्वकर्मा (सप्तकोशी एफ एम) कोषाध्यक्षमा शकुन्तला त्रिखत्री (महाप्रतिवाद साप्ताहिक)रहेका छन् ।

सुनसरी जिल्लामा रहेर विभिन्न संचार माध्यमहरुमा सक्रिय पत्रकारिता गर्दै आएका दलित समुदायको सो भेलाले भीम लामिछाने,(महाप्रतिवाद साप्ताहिक) उषा परियार (विजयपुर एफ एम) प्रमोद पोर्तेल,(विजयपुर एफ एम) भुमिका रसाइली, (सुनसरी एफ एम ) लोकेन्द्र अछामी, (सुनसरी एफ एम ) विनोद रसाइली, (जुरेली अनलाइन) नविन रम्तेल (प्रबोध साप्ताहिक) सुविन विश्वकर्मा, (सुनसरी एफ एम) मनिषा विश्वकर्मा (हार्ट एफ एम ) खिलानाथ विश्वकर्मा(औजार दैनिक) रहेका छन् भने भेलाले दुई सदस्य भने रिक्त राखेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला भेला आयोजक समितिका संयोजक तारा लामगादेको अध्यक्षता भएको सो भेलाले राजन केडी, रणध्वज लोहार र अनिता रसाइलीलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी संविधानसभा सदस्य अनिता परियारले दलित समुदायमा सञ्चारकर्मी एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने र दलित आन्दोलनको हिस्सा बन्ने अपेक्षा रहेको बताइन्े । भेलामा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले संघ स्थापनाको छोटो समयमै दलित सञ्चारकर्मीहरुको मन जितेको र आगामी दिनमा देशभरका दलित सञ्चारकर्मीहरु संघमा आवद्ध भइसक्ने बताए । उनले संघले दलित समुदायका सञ्चारकर्मीको हकहित र संरक्षणका लागि काम गरिरहेको जानकारी दिए । शुभकामना मन्तव्य राख्ने क्रममा उपस्थित दलित अधिकारकर्मीहरुले सम्पूर्ण आवाजविहिन दलितहरुको आवाजलाई बोल्न कुनै हिच्किचावट नगर्न आग्रह गरेका थिए । समिती गठन पछि अध्यक्ष दिनेश गजमेरले धेरै समयपछि आफ्नो सपना पुरा भएको भन्दै यो संगठनलाई एकता बन्द भै अगाडि बढेर आफुले सक्दो अगाडि बढाउने प्रतिवद्दत्ता समेत गरे ।

पत्रकार महासंघ सुनसरी शाखाको सभाहलमा बुधवार दलित अधिकारकर्मीहरु सहित सुनसरी जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको भेलाले समिती चयन गरेको हो । कार्यक्रममा दलित बिकास समितीका अध्यक्ष किशोर पारीयार, परियार सेवा समाज जिल्ला सुनसरी अध्यक्ष खगेन्द्र परियार, मरिक सेवासमाजका अध्यक्ष रामधारी मरिक, बिस्वकर्मा कल्याण्कारी समाजका अध्यक्ष केदार बराइलि, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्की, पत्रकार तिर्थ कार्की, दिव्य रोशनि साप्ताहिक का सम्पादक मनिता चाम्लिङ्ग, प्रबन्धक सागर सिन्जाली लगायतको उपस्थिती रहेको थियो ।