मध्यरातमा चोरी भयो प्याज

Newslaya Home

मध्यरातमा चोरी भयो प्याज

बुधबार २५, मङि्सर २०७६

मूल्य बढेसँगे प्याजको निकै चर्चा हुने गरेको छ । एक किलो प्याजको मूल्य २ सयदेखि २ सय ५० रुपैयाँसम्म पर्छ । भारतमा पनि एक किलो प्याज किन्नका लागि उपभोक्ताले १५० भारु खर्च गर्नुपर्छ ।

प्याज महंगिएपछि मानिसहरूले प्याजको विकल्प खोज्न थालिसकेका छन् । यसैबीच मुम्बईमा प्याज चोरीको घटना बाहिर आएको छ । भारतीय सञ्चारमाध्यम खबर डट एनडीटीभीले मुम्बईमा लगभग २१ हजार भारु बराबरको प्याज चोरी भएको खबर लेखेको छ ।

मुम्बईको डोंगरी मार्केटबाट प्याज चोरी भएको हो । यो घटना सीसीटीभीमा कैद भएको छ ।