१३‌ औँ दक्षिण एशियाली खेलकुद : स्वर्ण पदक विजेतालाई नौ लाख पुरस्कार घोषणा

Newslaya Home

१३‌ औँ दक्षिण एशियाली खेलकुद : स्वर्ण पदक विजेतालाई नौ लाख पुरस्कार घोषणा

बुधबार २५, मङि्सर २०७६

बिबिसि । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख, रजत पदक जित्नेलाई छ लाख र काश्य पदक जित्नेलाई तीन लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई प्रति स्वर्ण पदक ११ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ ।

नेपाल सरकारले खेलाडीहरूलाई प्रदान गर्ने घोषणा गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम हो ।

सागमा एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीहरूमा पौडीकी गौरिका सिंह ९चार स्वर्ण०, करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङ (दुई स्वर्ण) छन् ।

त्यस्तै समूहगत खेलमा स्वर्ण जित्ने खेलाडीहरूले जनही पाँच लाख रुपैयाँ पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् ।

त्यस्तै प्रशिक्षकलाई पनि पाँच लाख रुपैयाँ दिइने बताइएको छ ।

तर समूहगत खेलमा रजत र काश्य पदक विजेताले पाउने रकम भने खुलाइएको छैन । टीम व्यवस्थापक र सङ्घलाई कति दिने भन्ने विषयमा भने अझै स्पष्ट पारिएको छैन ।

सदस्य सचिव सिलवालले भने, ‘अन्य कुराहरू कार्यविधि बनाएर तयार गरिनेछ ।’

नेपालले १३ औं दक्षिण एशियाली खेलकुदमा ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको छ ।