मापदण्ड विपरित काम गरेको भन्दै ६ लेन सडक आयोजना विरुद्ध अख्तियारमा उजुरी

Newslaya Home

मापदण्ड विपरित काम गरेको भन्दै ६ लेन सडक आयोजना विरुद्ध अख्तियारमा उजुरी

बुधबार २५, मङि्सर २०७६

इटहरी । ६ लेनको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाले मापदण्ड विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीमा ६ लेन सडक विस्तारको आयोजना सहित इन्जिनियरहरुको टोलीले अनियमितता गरेको विषयमा उजुरी परेको हो ।

सडक विस्तारको विषयमा गम्भिर हुन माग गदै रानी विराटनगर इटहरी धरान सडक खण्ड सर्घष समितिले अख्तियारमा हालेको उजुरीमा कोशी राजमार्ग अन्तर्गत हाल बनिरहेको इटहरी खण्डको उत्तर पानीपियाको ६ लेन सडक स्टीमेट (डिपिआर) खरिद ऐन विपरीत बनेको उल्लेख गरिएको छ ।

फरक मापदण्डमा मनपरी रुपमा निमार्ण गरेको विषयमा छानविनको माग राखेर आयोजना विरुद्धको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीले जनाएको छ ।