सागमा स्वर्ण जित्नेलाई नौ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

Newslaya Home

सागमा स्वर्ण जित्नेलाई नौ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

बुधबार २५, मङि्सर २०७६

काठमाडौं । तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख पुरस्कार दिइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा विजेता खेलाडीहरुलाई बालुवाटारमा बोलाएर नौ लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

मंगलबार घरेलु मैदानमा सकिएको तेह्रौ सागमा नेपालले ५१ स्वर्ण पदक सहित २०६ पदक जितेको छ । त्यस्तै खेलमा रजत जित्ने खेलाडीलाई ६ लाख र काँस्य जित्नेलाई तीन लाख दिने घोषणा गरिएको छ ।

सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा