दुई लाख घुससहित वडासचिव पक्राउ

Newslaya Home

दुई लाख घुससहित वडासचिव पक्राउ

मङ्गलबार २४, मङि्सर २०७६

काठमाडौं । सप्तरी महादेवा गाउँपालिका–६ का वडा सचिव नबोनाथ मिश्रा घुससहित पक्राउ परेका छन् ।

जन्मदर्ता प्रमाणपत्र बनाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार इटहरीबाट खटिएको टोलीले उनलाई दुई लाख घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।

मिश्रालाई राजबिराज नगरपालिका–२ तित्रीगाछीबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।