इसाई समाजले माग्यो विद्यार्थीसंग माफि

Newslaya Home

इसाई समाजले माग्यो विद्यार्थीसंग माफि

मङ्गलबार २४, मङि्सर २०७६

इटहरी । इसाई समाजले जनता बहुमुखी क्याम्पसका विद्यार्थीसँग माफि मागेको छ । क्याम्पसमा पठनपाठन भइरहेको समयमा कार्यक्रम गरेर असर पुर्याएको भन्दै इसाई समाजले माफि मागेको हो ।

उक्त समाजले गत मंसिर २२ गते जनता बहुमुखी क्याम्पसको प्रङ्गणमा वृहत क्रिसमस महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । जसकारण विद्यार्थीहरुलाई पठनपाठनमा असहज भएको भन्दै विद्यार्थी नेताहरुले आपत्ति जनाएका थिए ।

सोही क्रममा केही विद्यार्थी नेताहरु समेत पक्राउ परेका थिए । आफूले विद्यार्थीको पठनपाठनमा असहज पुर्याएको महसुस गरि इसाई समाजले मंगलबार क्षमायाचना मागेको छ । समाजले एक पत्र लेख्दै अबदेखि यस्तो कार्य नगर्ने बताएको छ ।

विद्यार्थीको पढाई विथोल्ने कार्यक्रम गरेको भन्दै विरोध गर्ने विद्यार्थी नेताहरु प्रहरी नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएका जनता क्याम्पसका विद्यार्थीहरु रिहा

जनता क्यापस व्यवस्थापन समितीका अध्यक्षसहित पाँच जनालाई क्याम्पस प्रवेशमा निषेध