कुकुरको दाना बेचेर नेपालले भित्र्यायो ३४ करोड

Newslaya Home

कुकुरको दाना बेचेर नेपालले भित्र्यायो ३४ करोड

मङ्गलबार २४, मङि्सर २०७६

काठमाण्डौ । कुकुर र बिरालोका खाना निर्यात गरेर चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३४ करोड रुपैयाँ भित्रिएको छ ।

११ देशका लागि ४ महिनामा कुकुर र बिरालोका लागि २ लाख किलो खाना तथा दाना निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसबाट ३३ करोड ६६ लाख रुपैयाँ आम्दानी भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख ७४ हजार किलो दाना निर्यात भएको छ, जसबाट २८ करोड ७० करोड रुपैयाँ भित्रिएको छ ।

यस्तै क्यानडामा १३ हजार किलो दाना पठाउँदा २ करोड २१ लाख रुपैयाँ भित्रिएको छ । दुबई, बेलायत, हङकङ, जापान, नेदरल्याण्ड्स, सिंगापुर, सियरा लियोन, थाइल्याण्ड, ताइवानलगायतका देशमा कुकुर बिरालाका लागि दाना निर्यात भएको छ । कुकुरका लागि नेपालबाट छुर्पीलगायतका खाद्यबस्तु निर्यात हुने गरेको छ ।

गएको वर्षको तुलनामा यो वर्ष २३.९० प्रतिशतले निर्यात वृद्धि भएको छ । यो आर्थिक वर्षको पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।