सुनचाँदीको भाउ घट्यो

Newslaya Home

सुनचाँदीको भाउ घट्यो

मङ्गलबार २४, मङि्सर २०७६

काठमाण्डौ । सुनको भाउ मंगलबार (आज) तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।