लायन्स क्लब अफ इटहरी सिटिले गर्यो सप्ताह व्यापि कार्यक्रम

Newslaya Home

लायन्स क्लब अफ इटहरी सिटिले गर्यो सप्ताह व्यापि कार्यक्रम

सोमबार २३, मङि्सर २०७६

इटहरी । लायन्स क्लब अफ इटहरी सिटिले डिजि सर्भिस सप्ताह अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सप्ताह मंसिर १५ गते देखि २३ गते सम्म चलेको थियो । सप्ताहको पहिलो र दोस्रो दिन सरस्वती मा बि इटहरी र महेन्द्र मा बि इटहरीमा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको थियो । यस्तै तेस्रो र चौथो दिन शारदा मावि इटहरी–१२ र जब्दी मावि इटहरी–१९ मा साइबर क्राइमसम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

बिभिन्न सामाजिक कामहरु गर्दै आएको लायन्स क्लब इटहरीले उक्त सप्ताह कार्यक्रम अन्तर्गत पाँचौ दिन पकलि मदर्सामा फस्ट एड बक्स वितरण गर्नुका साथै हात धुने तालिम दिएको थियो । यस्तै, छैठौ दिन इटहरी–३ स्थित तालतलैयामा मधुमेह रोगीका लागि क्याम्प राखिएको थियो भने रुख रोप्ने कार्य समेत गरिएको थियो ।

सप्ताह कार्यक्रम अन्तर्गत उक्त क्लबले रामधुनी–२ स्थित शिवनगर माविमा महिनावारी सम्बन्धि सचेतना मूलक कार्यक्रम गर्दै प्याड समेत वितरण गरेको थियो । इटहरी–११ स्थित भानु आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । कार्यक्रमको अन्तिम दिन रक्तदान समेत गरिएको थियो । रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको संस्थाकी कार्यबाहक अध्यक्ष रन्जु सिग्देलले जानकारी दिइन् ।

उक्त क्लबले यस्ता विभिन्न सामाजसेवि कार्य गर्दै आइरहेको छ ।