रुसलाई ओलम्पिक र फिफा विश्वकप फुटबलमा प्रतिबन्ध

Newslaya Home

रुसलाई ओलम्पिक र फिफा विश्वकप फुटबलमा प्रतिबन्ध

सोमबार २३, मङि्सर २०७६

काठमाडौं । रुसलाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लागेको छ ।

वर्ल्ड एन्टी–डोपिङ एजेन्सी, वाडा, को यो प्रतिबन्धपछि रुसले सन् २०२० को टोक्यो ओलिम्पिक्स र सन् २०२२ को फुटबल विश्वकपमा भाग लिन पाउने छैन ।

तर खेलाडीहरूले आफूले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित गरेमा ओलिम्पिकको जस्तै तटस्थ झन्डा लिएर खेल्न पाउँछन् ।

वाडाले स्वीट्जरल्यान्डमा भएको कार्यसमितिको बैठकमा सो निर्णय गरेको हो ।

सन् २०१९ को ज्यानुअरीमा रुसको एन्टी-डोपिङ एजेन्सीले वाडालाई प्रदान गरेको तथ्याङ्क गलत भएको प्रमाणित भएपछि त्यस्तो प्रतिबन्ध लागेको हो ।