सुनसरीको क्षेत्रनम्बर २ मा काग्रेसको समायोजन, मणिराम र रमेश पोखरेल मनोनित

Newslaya Home

सुनसरीको क्षेत्रनम्बर २ मा काग्रेसको समायोजन, मणिराम र रमेश पोखरेल मनोनित

सोमबार २३, मङि्सर २०७६

इटहरी । सुनसरीमा भएको नेपाली काग्रेस क्षेत्रनम्बर २ को समायोजन कार्यक्रममा मणिराम श्रेष्ठलाई अध्यक्षमा मनोनित गरिएको छ ।

यस अघि ६ वटा क्षेत्रनम्बर रहेको सुनसरीमा क्षेत्रनम्बर घटेको र लोकतान्त्रिक फोरमबाट आएकालाई समायोजन गर्ने काम तिब्र रुपमा भईरहेको नेपाली काग्रेस सुनसरीले जनाएको छ ।

नेपाली काग्रेस क्षेत्रनम्बर २ का सचिव रहेका रमेशकुमार पोखरेल क्षेत्रनम्बर २ ‘क’ को अध्यक्षमा मनोनित भएका छन् भने क्षेत्रनम्बर २ ‘ख’ मा श्यामलाल मेहेतालाई अध्यक्षमा मनोनित गरिएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले बताए ।