न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, मृत्यु हुनेको संख्या पाँच पुग्यो

Newslaya Home

न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, मृत्यु हुनेको संख्या पाँच पुग्यो

सोमबार २३, मङि्सर २०७६

बिबिसी । न्युजील्याण्डको वाकाहारीमा ज्यालामुखी बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा भएको ज्वालामुखी विस्फोटमा परि पाँच जनाको मृत्यु हुनुका साथै अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

ज्वालामुखी विस्फोट हुनु भन्दा केही समय अगाडि ज्वालामुखीको मुख नजिकै पर्यटकहरू रहेको बताइएको छ ।
उद्धार गर्न निकै जोखिमपूर्ण रहेको जनाइएको उक्त क्षेत्रमा सेना र प्रहरीको सहयोगमा २३ जनाको उद्धार भएको छ ।

शरीर पोलेको अवस्थामा भएका घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको बीबीसीमा उल्लेख गरिएको छ ।