इटहरीको एक फ्रेस हाउसमा आगलागी, आगो नियन्त्रण भएपछि मात्र पुग्यो दमकल

Newslaya Home

इटहरीको एक फ्रेस हाउसमा आगलागी, आगो नियन्त्रण भएपछि मात्र पुग्यो दमकल

सरिता भण्डारी
सोमबार २३, मङि्सर २०७६

इटहरी । इटहरीमा पुनः एक पसलमा आगलागी भएको छ । इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको फ्रेस हाउसमा आगलागी भएको हो ।

नविसा खातुनले सञ्चालन गरेको कविर फे्स हाउसमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । आगलागी स्थानिवासीहरुको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रण भएको केहि समयमा मात्र इटहरी उपमहानगरपालिकाको दमकल घटनास्थमा पुगेको थियो । समयमै उपमहानगरपालिकाको दमकल घटनास्थमा नपुग्दा क्षति धेरै हुने गरेको एक स्थानियवासीले बताए ।

हिजो (आइतबार) मात्र इटहरीको एक रेस्टुरेन्टमा आगलागी भएको थियो ।