जाते ज्यामिरे सडक खण्डको शिलान्यास गरियो

Newslaya Home

जाते ज्यामिरे सडक खण्डको शिलान्यास गरियो

भूमिका पाख्रिन
सोमबार २३, मङि्सर २०७६

लेटाङ । पथरी जाते ज्यामिरे सडक खण्डको सोमबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शिलान्यास गरिएको छ ।

लेटाङ नगरपालिका वडा नम्बर ९ जातेमा एक कार्यक्रमका बिच प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उक्त सडक खण्डको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको सम्पुर्ण लगानीमा बन्न लागेको उक्त सडक खण्ड २ बर्ष भित्र बन्ने गरि श्री श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपैयाँमा ठेक्कामा लिएको छ ।

उक्त कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले यो सडक खण्डलाई समय मै गुणस्तर युक्त बनाउन समेत आग्रह गरे ।
साथै यो बाटोले पथरी जाते ज्यामिरे मात्र नभई पाचथर, ताप्लेजुङ जिल्ला सम्म जोड्न सहज हुने हुदा धेरै जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने राईले बताए । साथै उनले देश बिकास र समृद्धिको बाटोमा अघि बढी सकेको हुदा अब बिकास निर्माणको कामले तीव्रता पाउने बताए ।

कार्यक्रममा प्रदेश साम्सद कुशल साम्बा, उपेन्द्र घिमिरे, पथरी नगर प्रमुख दिलिप राई, नगरउपप्रमुख कृष्ण कुमारी पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न जातीय झाकीहरु समेत प्रदर्शन गरिएको थियो ।